About Us


About Us


परिचय
(Introduction) :

नेपालको सुप्रसिद्द धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा ख्याति प्राप्त मनकामना क्षेत्रको धार्मिक तथा पुरातात्विक महत्वलाई आम नेपाली दर्शालु तथा भक्तजनहरु बीच प्रशारित गरी यस क्षेत्रलाई नेपालकै नम्बर एक आन्तरिक पर्यटनको आकर्षणको केन्द्रको रुपमा बिकास र बिस्तार गर्ने सोचबाट प्रेरित रही भिजिट मनकामना डट कम नामक अनलाईन साईट र भिजिट मनकामना नामक माेबाइल एपको संचालन गरिएको छ । धार्मिक क्षेत्रको रुपमा मात्र ख्याति प्राप्त मनकामना क्षेत्र नेपालको पहिलो तथा लामाेदुरीकाे मनकामना केबुलकार संचालन पश्चात आन्तरिक पर्यटन कै एक आकर्षक र पहिलो रोजाईको गन्तब्यको रुपमा बिकसित हुन थालेको छ । आन्तरिक पर्यटनको आकर्षक र पहिलो रोजाईको गन्तब्यको रुपमा मनकामना क्षेत्रलाई बिकास र बिस्तार गर्नको निम्ति दर्शनार्थी तथा पर्यटकहरुको सुबिधा तथा सेवा प्राप्तिका निम्ति सहजता प्रदान गर्ने उद्देश्यबाट यस अनलाईन साईट र माेबाइल एपको संचालन गरिएको छ ।

हाम्राे उद्धेश्यहरू
Objectives of VisitManakamana
.com

  • मनकामना भ्रमणमा आउने स्वदेशी तथा बिदेशी दर्शानार्थी तथा पर्यटकहरुलाई गुणस्तरिय सेवा तथा सुबिधा प्राप्तिका निम्ति सहजिकरण गर्ने र सेवा प्रदान गर्ने ।
  • मनकामना क्षेत्रलाई आन्तरिक पर्यटनको लागि पहिलो रोजाईको गन्तब्यको रुपमा बिकास तथा बिस्तार गर्न सूचना प्रबिधिको प्रयोग मार्फत अभियान संचालन गर्ने ।
  • मनकामना क्षेत्रको धार्मिक तथा पुरातात्विक महत्वको बारेमा प्रचार प्रसार गर्ने।
  • पर्यटनको बिकास मार्फत मनकामना क्षेत्रको आर्थिक एवं सामाजिक बिकासको लागि मद्दत पुरयाउने ।
  • मनकामना क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुको सुबिधाको लागि आबश्यकता अनुसारकाे सुझाव उपलव्ध गराउने ।
  • मनकामना क्षेत्रको बिकासको लागि स्थानिय सरोकारवालाहरुसंग सम्पर्क,सम्बन्ध र समन्वय गर्ने।
  • मनकामनाकाे किसानहरूलाइ प्राेत्साहन हेतु स्थानीय उत्पादनहरूलाइ अनलाइन मार्फत प्रबर्द्धन गर्ने ।
  • मनकामनासंग सम्बन्धित सूचना एवं खबरहरूलाइ अनलाइन मार्फत प्रशारण गर्ने ।
  • अनलाइन बुकिङ मार्फत सहजीकरण गर्ने ।